सरकारले सय गन्तव्य सूचीमा समावेश गरेको बराहपोखरी संकटमा

सरकारले सय गन्तव्य सूचीमा समावेश गरेको बराहपोखरी संकटमा
संरक्षणको अभावमा बराहपोखरी। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सोलुखुम्बु : नेपाल सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरी संकटमा परेको छ । बराहपोखरी गाउँपालिका–१ स्थित बराहपोखरी भलबाढीका कारण पोखरीको स्वरुप मात्रै बिग्रिएको छैन सुन्दरता समेत गुम्दै गएको छ । 

कुनैबेला गोलो आकारको बराहपाखरी गाउँपालिका- १ स्थित बराहपोखरी अहिले गेगरले पुरिएर खुर्पाको जस्तो आकार बनेको छ । वर्षात‍्को भलले बगाएर ल्याएर थुप्रिएको बलौटे गेगरले पोखरीको स्वरुप नै बिग्रिदै गएको छ भने त्यसलाई पन्छाएर बराहपोखरीको आकारलाई पुर्ववत अवस्थामा फर्काउने चासो कसैले नदिएको स्थानीय ध्रुव गिरीको चिन्ता छ ।

३३० मिटर लम्बाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा अहिले पनि जिमीगाउँ (सैंटार)तिरबाट वर्षामा भलपानी झर्ने गरेको छ । बराहपोखरीमा खहरे भेल छिरेर गेगर मात्रै थुप्रिएको छैन पानीको सतह पनि घटेको छ । बिक्रम संवत १९९० सालको भूकम्पका कारण बराहपोखरीको पानी घट्न थालेको हो । 

२०७२ सालको भूकम्पले पनि बराहपोखरीको छेउछाउका जमिन फुटेको स्थानीय डिल्लीराम गिरी बताउँछन् । चारैतिर पहाडले घेरिएको खाल्डोमा रहेको बराहपोखरीलाई उचित पर्वद्धन र संवद्र्धन गर्न सके प्रमुख पर्यकीय स्थलकारुपमा विकास गर्न सकिने सम्भावना छ । 

तर, संरक्षण र संवद्र्धनको अभावमा पोखरीको अस्तित्व संकटमा पर्दै गएको छ । मुहान र निकास हुने ठाउँ नदेखिए पनि बाह्रै मास पानी हुनु बराहपोखरीको विशेषता हो । लोपोन्मुख मानिने रातो माछा बराहपोखरीको अर्को आकर्षण हो । यसको संरक्षणका लागि अन्यत्रबाट पानी ल्याएर फिल्टर गरियो भने पोखरी संरक्षणको सम्भावना रहेको बराहपोखरी गाउँपालिका–१ का वडाध्यक्ष ढकबहादुर कार्कीको भनाइ छ । 

जसका लागि पालिकासँग समन्वय गरेर अघि बढ्ने उनले बताए । स्थानीयका अनुसार धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको चार भागमा तीन भाग पानी घटेको छ । कतिपयले पर्याप्त वर्षा हुन छाडेका कारण पनि पोखरीमा पानीको सतह घटेको बताउँछन् । खोलाको पानी फिल्टर गरेर हिउँदमा हाल्ने व्यवस्था गर्न सके बराहपोखरीको आकर्षण फर्काउन सकिने सम्भावना रहेको स्थानीयबासी बताउँछन् । यहि पोखरीको नाममाबाट बराहपोखरी गाउँपालिकाको नाम समेत रहन गएको हो तर यसको संरक्षणमा स्थानीय सरकार समेत उदासिन बनेको पालिकबासीको गुनासो छ । 

रातो माछा समेत संकटमा

सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुर्लभ रातो माछा मर्न थालेका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पर्ने बराहपोखरीमा पाइने रातो माछा पछिल्लो समय दिनदिनै मर्न थालेको हो । 

बराहपोखरीमा दैनिकजसो माछा मरेको भेटिने गरेको स्थानीय डिल्लीराम गिरीले बताए । चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देखिने गरेकामा हाल मरेको माछा तैरिरहेको भेटिने गरेको छ ।

मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरीमा बेला–बेलामा माछा मर्ने गरेको वडाध्यक्ष ढक बहादुर कार्कीले बताए । पोखरीको रातो माछा मर्नुको कारण पत्ता लागेको छैन ।  बढ्दो फोहोरमैलाका कारण पोखरीको रातो माछाको अस्तित्व संकटमा पर्न लागेको अनुमान गरिएको छ । 

स्थानीयबासीले पोखरीमा नुहाउने र लुगा धुने गर्दा बढेको फोहोरमैला र साबुनको असरका कारण रातो माछा मर्न थालेको स्थानीयको दाबी छ । जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरले समेत माछाको अस्तित्व संकटमा परेको हो । 

पोखरीको पानी कम हुँदै जाँदा र पानीमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा माछालाई ढुसीजन्य संक्रमण हुने र फुल्का कुहिने रोग लागेर मर्ने गरेको माछा सम्वन्धी जानकारहरु बताउँछन् । पोखरीको सरसफाइमा ध्यान नपुग्दा फोहोरको कारण अक्सिजन कमी हुँदा समेत माछालाई अशर पुगेको कतिपयको बुझाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.