समयमा कर्मचारी नआएपछि गाउँपालिका अध्यक्षले लगाइदिए मूल गेटमा ताला

समयमा कर्मचारी नआएपछि गाउँपालिका अध्यक्षले लगाइदिए मूल गेटमा ताला
फाइल तस्बिर।

महेन्द्रनगर : कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा कार्यालय समयमा कर्मचारी नआएपछि गाउँपालिका अध्यक्षले ढिला आउने कर्मचारीलाई फिर्ता पठाइ दिएका छन् ।

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले कर्मचारीहरू कार्यालय समयभन्दा ढिलो आउने र छिट्टै कार्यालयबाट बाहिरिने गुनासो आएपछि सोमबार ढिलो आउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएको बताए ।

 'कार्यालय समयमा कर्मचारीहरू नसबस्ने,ढिलो गरी आउने गरेको भन्ने लिखित र मौखिक गुनासो आएको थियो,'अध्यक्ष रानाले भने,'सीसीटीभी र इ-हाजिरी हेर्दा समेत कर्मचारीहरू ढिलो आउने र छिट्टै जाने गरेको पाइएपछि आज ढिलो आउने कर्मचारीलाई कार्यालय प्रवेश दिएनौं ।'

कर्मचारी समयमा नआएपछि अध्यक्ष रानाले कार्यालयको मूल गेटमा ताला लगाइदिएका थिए।

उनका अनुसार ४० जना कर्मचारीमध्ये कार्यालय समयमा चारजना मात्रै उपस्थित भएका थिए । सोमबार कर्मचारीहरू कार्यालयबाट फिर्ता भएपछि कार्यालयको काम प्रभावित बनेको छ।

गेटमा प्रवेश नदिएपछि कर्मचारीहरूले आफूहरूको अपमान गरेको भन्दै घर फिर्ता भएका थिए । दिनभरी कार्यालय प्रवेश गरेका सेवाग्राही मार्कामा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.