डडेल्धुरामा वडा सचिव मृत भेटिए
डडेल्धुरा : डडेल्धुरामा एकजना वडा सचिव मृत भेटिएका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका हुन्।
अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन्। पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।
पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पन्त पहिले वडा नम्बर १० का सचिव थिए। ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका २ हो। उनी लामो समय जिल्लाबिकास समिति डडेल्धुरा , सघियता पछि वडामा कार्यरत थिए ।