परराष्ट्रमन्त्री एनपी साउँद न्यूयोर्क प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउँद संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन्। मंगलबार बिहान कतार एयरको जहाजबाट परराष्ट्रमन्त्री साउँद न्यूयोर्क प्रस्थान गरेका हुन्।
परराष्ट्रमन्त्री महासभाको बैठकअघि राष्ट्रसंघले आयोजना गरेको Education’s Role in Building Peace कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन्।
प्रतिक्रिया दिनुहोस !
