मोटरसाइकलमा भारत लैजाँदै गरेको ४० किलो गाँजा बरामद

मोटरसाइकलमा भारत लैजाँदै गरेको ४० किलो गाँजा बरामद
प्रहरीले बरामद गरेको गाँजा।
सुन्नुहोस्

विराटनगर : मोटरसाइकलमा भारत लैजाँदै गरेको लागूऔषध गाँजा प्रहरीले विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडकखण्डबाट मंगलबार राति बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय रानीको टोलीले राति १०:१० बजेतिर ४० किलोग्राम गाँजा बरामद गरेको हो। को १७ प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा भारततिर लैजान खोजिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार बनेका थिए। 

मोटरसाइकलमा राखेको झोलाबाट गाँजा बरामद भएको उनले बताए । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी तीव्र पारिएको जानकारी दाहालले दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.