उर्लाबारीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुलेन

उर्लाबारीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुलेन
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५/७० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । बसले बिहान ५:३५ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । 

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शव सोही अस्पतालमा राखिको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.