अत्याधिक रक्तस्राबले सुत्केरीको मृत्यु

अत्याधिक रक्तस्राबले सुत्केरीको मृत्यु
सुन्नुहोस्

जाजरकोट : अत्याधिक रक्तस्रावका कारण जाजरकोटको कुशे गाँउपालिकामा एक सुत्केरीको मृत्यु भएको छ। कुशे गाउँपालिका–७ समाईलाकी  ४० वर्षीया जानुका नेपालीको रक्तस्राव नरोकिँदा मृत्यु भएको हो। 

बच्चा जन्माएको ६ घण्टासम्म पनि साल नझरेपछि उनको ज्यान गएको वडा सदस्य मानबहादुर विकले बताए। ‘बच्चा जन्मिएको ६ घण्टासम्म पनि साल नझर्दा धेरै रगत बग्यो जसका कारण उनको अकालमै ज्यान गयो। ’विकले भने,‘समयमा स्वास्थ्य संस्था लैजान सकेको भए उनको ज्यान जोगिने थियो। हेलचक्राई र लापरबाहीले उनको अकालमा ज्यान गयो।’

बिहीबार बिहान ५ बजे नेपालीले घरमै छोरीको जन्म दिएकी थिइन् तर लामो समयसम्म साल नझरेपछि उनको दिउँसो ११ बजे मृत्यु भएको हो। उनका श्रीमान घरमा नभएको र घरका अरु परिवारले समयमा स्वास्थ्य संस्था लैजान नसक्दा घरमै सुत्केरी हुन बाध्य भएकी थिइन्।

सबैभन्दा नजिकको स्वास्थ्य संस्था पुग्न कम्तिमा ३ घण्टा पैदल हिड्नुपर्छ। उनका तीन छोरी र एक छोरा छन्। नाबालिका छोरीको अवस्था सामान्य छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.