अस्पतालको फार्मेसीमा नै छैन औषधि

अस्पतालको फार्मेसीमा नै छैन औषधि
सुन्नुहोस्

दोलखा : दोलखा सरदमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई प्रादेशिक अस्पतालको फार्मेसीमा औषधि अभाव भएको छ। सामान्य रुघाखोकी, ज्वरोको औषधि पनि अस्पतालमा छैन। 

पशुपति चौलागाईं स्मृति अस्पतमा उपचार गर्न पुगेका अधिकांश बिरामीले अस्पतालको फार्मेसीमा औषधि नहुँदा बाहिरबाट औषधि खरिद गर्नु परेको छ। शल्यक्रियाका लागि वार्डमा राखिएका बिरामीलाई आवश्यक पर्ने औषधिसमेत फार्मेसीमा छैन। अस्पतालमा इमर्जेन्सीका लागि आवश्यक औषधिहरू समेत अस्पतालले सञ्चालन गरेको फर्मेसीमा नपाइने बिरामी र बिरामीका कुरुवाहरूले गुनासो गरेका छन्। वार्डमा भर्ना भएका बिरामीका लागि समेत औषधि उपलब्ध नहँुदा चर्को मूल्यमा बाहिरको मेडिकलबाट किन्नुपर्ने बाध्यता छ। 

नेपाल सरकारले छुट दिने भनिएको गरिब, विपन्न, हिंसापीडित, ज्येष्ठ नागरिकहरू अपांगता भएका व्यक्तिहरू औषधिमा छुट पाइने ठूलो आशा बोकेर गएका हुन्छन्। तर अस्पतालको फार्मेसीमा सामान्य किसिमका औषधिको पनि अभाव हुनु दुःख लाग्दो कुरा भएको अस्पताल पुगेका अधिकारकर्मी सिर्जना कार्कीले बताइन्। स्वास्थ्य बिमा गरेका ज्येष्ठ नागरिकहरूले पनि सास्ती खेप्नुपरेको छ। जिल्लामा ७ गाउँपालिका र २ नगरपालिका गरी लगभग २३ हजारले स्वास्थ्य बिमा गरेको बिमा कार्यालयको तथ्यांकले जनाएको छ। २३ हजारमध्ये आधाभन्दा बढी ज्येष्ठ नागरिक बिमा रहेको छ। ज्येष्ठ नागरिकहरू बिमाबाट निःशुल्क उपचार गर्ने आशा बोकेर गएका हुन्छन् तर स्वास्थ्य चेकजाँच अस्पतालमा भए पनि आवश्यक औषधि अस्पतालको फार्मेसीमा नभएपछि बाहिरबाट चर्को मूल्यमा अ‍ौषधि किनेर उपचार गर्नुपर्ने बिरामीहरूको दुखेसो छ।

अस्पतालमा आउने बिरामीको संख्या अनुसार फर्मेसीमा दैनिक ३० हजार रुपैयाँको औषधि चाहिन्छ। तर दैनिक मुस्किलले ८ हजारको औषधि पनि फर्मेसीमा छैन।  औषधि खरिदका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पैसा नदिने र आन्तरिक स्रोतबाट नै औषधि किन्नु पर्ने भएकाले समस्या भएको अस्पताल प्रशासनको भनाइ छ। गत वर्ष ३० लाखको औषधि खरिद गरिएको थियो र गत वर्षको नै ८ लाख रुपैयाँ रकम तिर्न बाँकी रहेको छ। 

यो वर्ष ७० लाख रुपैयाँको औषधि आवश्यक भएपछि एक महिनाका लागि पुग्ने गरी करिब १० लाख रुपैयाँको उधारो औषधि किन्ने तयारी भइरहेको पशुपति चौलगाईं प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतनारायण प्रधानले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.