जी–२० मा नयाँ विश्व !

जी–२० मा नयाँ विश्व !

जी–२० समिट परम्परागत छलफल र चर्चाभन्दा माथि उठेर सभ्यता संवाद र नयाँ विश्व नेतृत्वको चर्चामा रह्यो।

भारतको अध्यक्षतामा सम्पन्न जी–२० समिट परम्परागत छलफल र चर्चाभन्दा माथि उठेर सभ्यता संवाद र नयाँ विश्व नेतृत्वको चर्चामा रह्यो। विश्वका शक्तिशाली तथा समृद्धि राष्ट्रहरूको साझा आर्थिक मञ्चका रूपमा रहेको जी–२० समूह रुस र युक्रेनबीचको युद्धको कारण साझा घोषणापत्रबिनै टुंगिइने संशयलाई तोड्न सफल रह्यो। भारत, अमेरिका द्विपक्षीय वार्ता र सहमति पनि उल्लेखनीय कुरा थियो। सबैभन्दा महŒवपूर्ण कुरा गभर्मेन्ट अफ इन्डियाको स्थानमा गभर्मेन्ट अफ भारतको उल्लेख रात्रिभोजको निमन्त्रणमा हुनुले छुट्टै परम्पराको थालनीको संकेत ग¥यो।

एक पृथ्वी, एक परिवार र एक भविष्यको नारासहित ‘बसुधैव कुटुम्वकम’को मूलमन्त्रका कारण भारतलाई औपचारिक रूपमा अब उप्रान्त विश्वमा स्थापित गर्ने संकल्पले सभ्यता संवादको स्थितिमा पु¥याएको छ। यिनै नवीन अवधारणाका कारण अबको भारतको मार्गचित्रका बारे थप कुरा गर्दै सभ्यता संवादलाई सार्थक बनाउने तथ्यहरू खोज्नु आवश्यक देखिन्छ। ग्लोबल साउथ अवधारणालाई महत्त्व दिँदै अफ्रिकी महासंघलाई भारतकै प्रस्तावमा युरोपियन युनियनलाई झंै सदस्यता प्रदान गर्नुले नयाँ विश्वव्यवस्थातर्फ भारतीय नेतृत्व अग्रसर भएको देखिन्छ। एवं प्रकार आर्थिक र सांस्कृतिक रूपले विश्वमा आफ्नो स्थान अग्रणी बनाउन स्पष्ट सिद्धान्त र अवधारणाको आवश्यकता पर्ने हुँदा ‘आर्यावर्त’ र ‘स्वराज्य’ नवीन सिद्धान्तका रूपमा प्रस्तुत गर्नु आवश्यक देखिन्छ।

हिमालयदेखि समुन्द्र पर्यन्तको भू–भागलाई पुण्यभूमि आर्यावर्तका रूपमा मान्दै विश्वलाई नै सभ्य बनाउने अभियान प्राचीनकालनमा सञ्चालन गरेको पाइन्छ। विश्वलाई नै सभ्य बनाउने ऋषिहरूको ज्ञान र अभियान शान्ति र समृद्धिको भावना अनुरूपको थियो। आर्य जात विशेष नभई गुण विशेष भएकाले सबैका लागि स्वीकार्य थियो। श्लोकमा भने झैं वैरभावको आगो बल्दै बल्दैन। सबैसँगै बिनासित्तै वैरभाव गर्दैन। शान्त नै रहन्छ, घमण्ड गर्दैन। हीनता देखाउँदैन। आपत्विपद् परे पनि अनुचित काम कहिल्यै गर्दैन। यस्तो शील स्वभाव र आचरण भएको व्यक्तिलाई आर्य भन्छन्।

उत्तरमा हिमालय पर्वत, दक्षिणमा विन्ध्याचल पर्वत त्यसका मध्यवर्ती देशहरूलाई समेत विद्वान्हरूले आर्यावर्त भनेका छन्। उत्तरमा हिमालय पर्वत भन्नाले पूर्व बर्मा इरावती नदी, आराकान्त पर्वतमाला हुँदै उत्तर हिन्दूकुश भएर कैलाश मानसरोवर अनि अझै उत्तर पश्चिम पामिरको गाँठो भएर रुसको दक्षिणी भाग वक्षनदी, तासकन्द, समरकन्द, बुखाराहुँदै इरानको पूर्वी भाग मराद, इरमानसम्मको भागलाई उत्तरको हिमालयले सीमा छट्ट्याएको छ। दक्षिणतर्फ विन्ध्याचल पर्वतका मध्यवर्ती देश कृष्णा, गोदावरी, कावेरीहुँदै रामेश्वरमसम्मको प्रदेश पर्छ। विन्ध्याचल दक्षिणका देशहरू विन्ध्याचलकै मध्यवर्ती देश, जसमा आर्यहरूले बसाएका मानिसहरूको बस्ती भएकाले ती स्थानहरू पनि आर्यावर्तभित्रै मानिन्छ।

यस्तै, ब्रह्मार्वत, ब्रहषिदेश, मध्य देशका साथै बाली, सुमात्रा, चम्पा सभ्यता (भियतनाम, कम्बोडिया, थाइल्यान्ड, गान्धार अफगानिस्तान, पाकिस्तान)मा फैलिएको आर्य सभ्यतालाई जागृत गराउन सक्दा चीनले सिल्करोडको नाममा सुरु गरेको ‘वान वेल्ट वान रोड’ अभियानको समानान्तर अभियानको सुरुआत हुन गई सनातन हिन्दूहरूको शिर ढाडो हुन सक्नेछ। आर्यावर्तको सांस्कृतिक रणनीतिक अवधारणा र अभ्यासले सभ्य समाजको निर्माण सम्भव हुनेछ। प्राचीन चिनियाँ सिल्क रोडलाई आधुनिक कनेक्टिभिटीमा समाहित गर्दै वान वेल्ट वान रोड अवधारणालाई आर्थिक प्रभावका लागि सरकारी स्तरबाट अगाडि विस्तार गर्दै अफ्रिका महादेशमा समेत प्रभाव बनाउन सकेको छ। प्राचीनकालमा पनि भारतीय शासनले आर्यावर्तको क्षेत्र विस्तार गर्दै लगेको पाइन्छ। जी–२० सम्मेलन २०२३ ले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने रेल तथा समुन्द्रीमार्ग करिडोरको समझदारीले वेल्ट एन्ड रोड इनिसिएटिभको समानान्तर परियोजना बनाउन खोजेको छ। आर्थिक विकल्पका साथै आर्यावर्तको अवधारणालाई पनि सँगसँगै लैजान सक्दामात्र भारतको सभ्यताले प्रभाव पार्न सक्नेछ। वेल्ट एन्ड रोड इनिसिएटिभसँगै सी चिङ फिङ विचारधारा पनि चीनले पु¥याइरहेको छ। गुण, श्रेष्ठता, सभ्य संस्कार वाचक आर्यलाई जातिवादी, नश्लवादी अवधारणामा ढाल्दै वर्तमानमा समाजमा फट र द्वन्द्व ल्याउने पश्चिमी लेखक र शासकहरूका कारण छायामा पर्न गएको छ। चार आर्य सत्य, आर्य अष्टांग मार्गको उपदेश गर्ने भगवान् गौतम बुद्धका आदर्शलाई पनि छायाँमा पारियो। समय आएको छ– सभ्य समाज, शान्त समाज, समृद्धि समाज बनाउने।

हिमाली मुलुक नेपालका हामी निवासी पनि सभ्यताको पुनर्जागरणमा सक्रिय भएपश्चात मुक्तिनाथदेखि कन्याकुमारी (समुन्द्र) हुँदै द्वारिका, बद्रीनाथसम्मको पदयात्रा गरी आर्यावर्तको भावनालाई जागृत गराउन सफल भएका छौं। विन्ध्याञ्चललाई साधना भूमि बनाउँदै शीतयुद्ध समाप्तिका लागि अन्तर्राष्ट्रिय शान्ति वर्ष सन् १९८६ मा ११ हजार ब्राह्मणद्वारा महिनाव्यापी महायज्ञ गरी शीतयुद्ध समाप्त गर्न सफल हुनु यही आर्य संस्कृतिकै प्रभाव थियो। विध्याचललाई नै पुनः केन्द्र मानी मुक्तिनाथ हिमालदेखि कन्याकुमारी (समुन्द्र) हँदै द्वारिका, बद्रीनाथ (हिमाल) सम्मको यात्रा आर्यावर्तकै अभियान थियो भन्दा अतिशयोक्ति नहोला।

भारतमै समस्याको रूपमा रहेको मणिपुरको जातीय दंगा, नक्सली सशस्त्र विद्रोह, चीनको संलग्नताका घटना तथा चीनसँगको सीमा विवादका पक्षहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्पष्ट पार्दै समाधानमा लाग्न सिक्किम विश्वविद्यालयको शान्ति शिक्षा पाठ्यक्रम तथा धार्मिक स्थलहरूको समुचित उपयोग भारतले गर्न सक्नुपर्ने देखिन्छ। कञ्चनजंघा हिमालयदेखि समुन्द्रीतटसम्मको समस्याहरूलाई आर्यावर्तको अवधारणा अनुरूप परिभाषित गर्न सक्दा राष्ट्रिय समस्याहरू शान्तिपूर्ण तरिकाले नै समाधान गर्न सकिन्छ। सन् २०१२ मा हामीले मणिपुरसम्मको गरेको अध्ययन, सिक्किममा सेमिनारमा सहभागिता तथा अनुसन्धानहरू सभ्य समाज निर्माण गर्दै द्वन्द्व व्यवस्थापन गर्न उपयोगी छन्।

रुस–युक्रेन युद्धको घटनाबाट सिक्दै सबैले बाँच्न पाउने अवस्थाका लागि स्वराज्य र मेलमिलापको मार्ग चित्रलाई भारत सरकारले अगाडि बढाउनु पर्छ। महात्मा गान्धीलाई माल्र्यापण गरेका सबै देशका नेताले स्वराज्यको आदर्शलाई स्वीकार्ने छन्। ऋग्वेदको स्वराज्यको स्वीकार्यताले रुस–युक्रेन युद्ध रोक्ने उपाय सजिलै निकाल्ने छ। घोषणापत्रमा उल्लेख गरिएको ‘मजबुत, दीर्घकालीन, सन्तुृलित र समावेशी विकासमा तेजी ल्याउन काम गरिनेछ’ कार्यक्रम पनि स्वराज्यको अवधारणाले पूरा हुनेछ। महात्मा गान्धीको अहिंसा र ऋग्वेदको स्वराज्यको आधारमा नयाँ विश्व व्यवस्था निर्माण गर्न सकिने हुँदा त्यसतर्फ प्रयास गर्नु बुद्धिमानी हुनेछ। शान्तिका लागि सबै धर्मका प्रतिबद्धतालाई स्वीकार गर्दै जातिवाद, अहिष्णुता र आतंकवादका सबै रूपको निन्दा गर्नेछौं भन्ने घोषणापत्रको बुँदा अनुरूप स्वराज्यसँगै मेलमिलापको पनि आवश्यकता बोध भएको छ। नेपालमा हामीले गरेका सबै प्रयास जी–२० सम्मेलनका घोषणापत्र अनुरूपका छन्। नेपालको प्रयासले पनि नयाँ विश्व व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.