आगलागीबाट कपडा जलेर नष्ट

काठमाडौं : काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौं–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फूलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले राससलाई जानकारी दिए।
आगलागीबाट करिब एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
