चिकित्सक आन्दोलित : उपचार सेवा ठप्प, बिरामीको बिचल्ली

चिकित्सक आन्दोलित : उपचार सेवा ठप्प, बिरामीको बिचल्ली
तस्बिर : अनिल ढकाल
सुन्नुहोस्

चितवन : उपचारका लागि अस्पताल पुगेका बिरामी आइतबार निराश हुँदै घर फर्किए । अस्पतालमा जचाउन पुगेका बिरामी टिकट काउण्टर पुग्दै फर्किए । न चिकित्सक भेट्न पाए न उपाचर नै गराउन पाए । दैनिक दुई हजार बिरामी आउने भरतपुर अस्पतालको ओपीडी कक्ष सुनसान थियो । 

null

हेटौडामा चिकित्सक कुटनेलाई कारबाहीको माग गर्दै देशभरका चिकित्सक ओपीडी सेवा बन्द गरेर आन्दोलित बनेका छन्।  ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन्। । चिकित्सकको आन्दोलनका कारण बिरामी मारमा परेका छन्।

आन्दोलनरत चिकित्सकहरूले हातमा कालोपट्टी र ब्यानरसहित विरोध  गरे । 

आन्दोलन कुनै रहर नभएर बाध्यता भएको चिकित्सकको भनाइ छ । शारीरिक र मानसिक रुपमा त्रसित भएको दु:खेसो गर्दै उनीहरूले सुरक्षाको माग गरेका छन् । नेपाल चिकित्सक संघ चितवन सचिव डा. सूर्यप्रसाद सापकोटाले चिकित्सकको ज्यान जोखिममा परेको भन्दै सुरक्षाको लागि आन्दोलनमा उत्रिएको बताए । 

null

‘कहाँ कतिबेला चिकित्सकले कुटाइ खान्छ भन्ने भएन । डरैडरमा कसरी बिरामी जचाउन सकिन्छ र ? यो हाम्रो रहर होइन बाध्यता हो ,’ उनले भने ।  कुटपिटमा संलग्न भएकालाई पक्राउ नगरेकोमा उनीहरूको आपत्ति छ । चितवनमा भरतपुर अस्पताल,वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ,दुई मेडिकल कलेजसहित अन्य साना अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बरामीहरू घर फर्किन बाध्य भए ।

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.