पर्यटन उद्योग बचाऔं

पर्यटन उद्योगको वर्तमान अवस्था नाजुक छ। नाकाबन्दी र भूकम्पले थला पारेको पर्यटन उद्योगलाई कोभिड–१९ ले उठ्नै नसक्ने अवस्थामा पु¥यायो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटकको आगमन बढ्ने विश्वासमा पर्यटकीय पूर्वाधारमा अर्बौं लगानी थपियो। तर, अहिलेसम्म व्यावसायिक रूपमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन।
स्तरोन्नति हुँदै गरेको पृथ्वी राजमार्गको कारण पनि यात्रुलाई अर्को सकस छ। पर्यटकीय पूर्वाधारको संख्याको तुलनामा पर्यटकको आगमन न्यून छ। गण्डकी प्रदेशमा पर्यटन उद्योगमा ७ खर्ब जति लगानी छ। पोखरामा मात्र ६ खर्ब जति लगानी छ। हामी पर्यटनबाटै भविष्य देखेर यसैमा लागिरहेका छौं। सरकारले व्यवसायीसँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धनको काम गर्नुपर्छ।
हवाई उडानबाट हो धेरै पर्यटक आउने। नेपाल आउने हवाई भाडा धेरै महँगो छ। पर्यटन विकासका लागि भारतीय, चिनियाँ र बंगलादेशमा पर्यटक भिœयाउने योजना बनाएर प्रवद्र्धनको कार्यक्रम गर्न सकिन्छ। यसो गर्न सकियो भने विश्वकै दुई ठूलो (अर्बाैंको) जनसंख्या भएका भारत र चीनका पर्यटकको आगमन बढ्ने र पर्यटन उद्योगले फड्को मार्छ। ती देशबाट ०.५ प्रतिशतमात्र पर्यटक आउने हो भने पनि धान्न सक्दैनौं।
कोरोना अघिजस्तै व्यवसायीले अब पनि ६÷७ प्रतिशतमा झार्नुपर्छ। १६ प्रतिशतसम्म भएकाले व्यवसायीले गरगहना बेचेर, ऋण धन गरेर ब्याज र साँवा तिर्न कोसिस गरे र तिरे पनि। त्यसरी सधैंभरि तिर्न सक्ने कुरा भएन। अहिले व्यवसायी पनि पलायन भएको अवस्था छ। मजदुर विदेश पलायनका कारण दक्ष जनशक्तिको अहिले अभाव छ। होटल रेस्टुरेन्टका लागि आवश्यक सेफ, कुक, राम्रो क्याप्टेन पाइँदैन। राम्रा दक्ष जनशक्ति बिदेसिए। पर्यटन उद्योगमा वर्तमानमा जे–जस्ता समस्या भए पनि नेपालको भविष्य पर्यटनमै छ। यसको विकल्प छैन।
(श्रेष्ठ पोखरा पर्यटन परिषद्का अध्यक्ष हुन्।)
प्रतिक्रिया दिनुहोस !
