वडा समिति गठनमा रास्वपा, अनलाइनबाटै आवेदन र निर्वाचन

वडा समिति गठनमा रास्वपा, अनलाइनबाटै आवेदन र निर्वाचन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ। रास्वपाले असोज २ देखि २० गतेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ। असोज २१ गतेदेखि कार्तिक ९ गते सम्म उम्मेवारको नामावली प्रकाशन र कार्तिक १० गते देखि १६ गतेसम्म मतदान हुने उनले बताए।

उनले भने,‘वडा समिति गठन भई पार्टीको केन्द्रीय वेभसाइटमा अनिवार्य अद्यावधिक भएका वडा बाहेकका वडाहरुमा पार्टीको नियम बमोजिम आफ्नो सदस्यता विवरणमा मतदाता परिचय पत्र अनिवार्य अनलाइन अपलोड गरी पार्टी सदस्यता लिएका सवैले वडा समितिमा रहनको लागि उम्मेदवारी दिन सक्ने छन्। उम्मेदवारी दिनेले पार्टीको RSP APP मा “ वडाको उम्मेदवार बन्नुहोस”भन्नेमा क्लीक गरी उम्मेदवारी शुल्क रु १००/- सहित उम्मेदवारी दिनु पर्ने।’

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ। सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ। ११ जनामा दलित एक जना अनिवार्य, महिला चार जना, ४५ वर्षमुनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन्। कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने रास्वपाले जनाएको छ। 

रास्वपा महामन्त्री मुकुल ढकालले वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको जानकारी दिए। अद्यावदिक भइसकेका वडाहरूमा उम्मेदवारी दिन नपाइने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.