संविधान दिवसमा जलेश्वर कारागारबाट १३ जना कैदी रिहा
महोत्तरी : संविधान दिवसमा महोत्तरी जिल्ला कारागारबाट १३ जना कैदीलाई सजायमुक्त गरिएको छ। संविधान दिवसका अवसरमा राष्ट्रपतिको आदेशअनुसारको पत्रअनुसार १३ जनालाई कैदमुक्त गरिएको हो।
जेलर रामचन्द्र साहका अनुसार ५० प्रतिशत कैद भुक्तानी गरिएको १२ जना र एक जना ४० प्रतिशत कैद भुक्तान गरेको रहेको छ। जेल बसाईका क्रममा राम्रो व्यवहार प्रदर्शन गरेका उनीहरूलाई संवैधानिक व्यवस्था अनुसार कैदमाफी गरी रिहा गरिएको जेलर साहले जानकारी दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी गरिएकोमा महोत्तरी कारागारबाट १३ जना कैदीको कैद माफी भएको कारागार कार्यालय महोत्तरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
३