कपिलवस्तु कारागारबाट ८ कैदी रिहा

कपिलवस्तु कारागारबाट ८ कैदी रिहा
सुन्नुहोस्

कपिलवस्तु : कपिलवस्तु कारागारमा रहेका ८ जना कैदी रिहा भएका छन् । संविधान दिवसका अवसरमा गत आर्थिक वर्षसम्म ४०/५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चाल चलन भएका कैदीहरु रिहा भएको कपिलवस्तु कारागारका जेलर मनोज शैनीले जानकारी दिए । 

‘संविधान दिवसको अवसरमा राष्ट्रपतिको सिफारिसमा उनीहरु रिहा भएका हुन्’,जेलर शैनीले भने,‘मुद्दा नकारात्मक सूचीमा नपरेका, असल चाल चलन भएका आधारमा उनीहरुको नाम कारागार व्यवस्थापन विभागमा पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद राष्ट्रपति कार्यालयबाट मिनाहा गर्ने निर्णय भएर आएपछि उनीहरु रिहाई भएका छन् । ’

रिहा भएकामध्ये ४ जनाले कैद सजायको ४० प्रतिशत कैद भुक्तान गरी सकेका छन् । जसमध्ये ३ जना कर्तव्य ज्यान र १ जना सवारी ज्यान मुद्दामा कैद जीवन बिताइरहेका थिए । बाँकी ४ जनाले भने ५० प्रतिशत कैद सजाय भुक्तान गरी सकेका छन् । जसमा ३ जना कर्तव्य ज्यान मुद्दा र १ जना चोरी मुद्दामा कैद जीवन बिताई रहेको कपिलवस्तु कारागार प्रशासन शाखाले जनाएको छ । 

‘कैदमुक्त भएका उनीहरु बाँकी जीवन आफ्नो घर परिवार र समुदायको हितमा बिताउने प्रतिबद्धतासहित कारागारबाट बिदाई भएर घर फर्किका छन्’,जेलर शैनीले भने।

कपिलवस्तु कारागारमा कुल ५० कैदी बन्दीहरु रहदै आएकोमा ८ जना रिहा भएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.