शिक्षकहरूको आन्दोलनका कारण कपिलवस्तुका सामुदायिक विद्यालयहरू बन्द

शिक्षकहरूको आन्दोलनका कारण कपिलवस्तुका सामुदायिक विद्यालयहरू बन्द

कपिलवस्तु : नेपाल शिक्षक महासंघले आह्वान गरे अनुसार आज कपिलवस्तु जिल्लाका १० वटै स्थानीय  सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित बनेका छन्। 

शिक्षकहरूले स्थानीय तहको कार्यालयमा जम्मा भई सरकारले प्रतिनिधि सभामा दर्ता गरेको शिक्षा विधेयकको संशोधनको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। 

सदरमुकाम तौलिहवामा जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा भएका कतिपय प्रावधान प्रति आफूहरूको असन्तुष्टि रहेको जनाउँदै सो विधेयक विरुद्ध नाराबाजी गरेका छन्। 

शिक्षकहरूको आन्दोलनका कारण कपिलवस्तु जिल्लाका १० वटा स्थानीय तहका सामुदायिक विद्यालयहरूमा आजबाट पठनपाठन बन्द भएको छ। शिक्षकहरू स्थानीय तहमा उपस्थित भई त्यही हाजिर गर्ने र आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। शिक्षकहरूको आन्दोलनलाई कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ऐक्यवद्धता जनाएका छन्।  

महासंघले अस्थायी प्रकृतिको शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा संशोधन गरिनुपर्ने आन्दोलनका अगुवा शिक्षक अफाक अहमद खांले बताए। 

नेपाल सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.