सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रे गरिने

सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रे गरिने

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट माप्यदूधकोशी हुँदै सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रेको शिलान्यास गरिएको छ। 

संघीय सरकारको ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँको लागतमा सुरु हुन लागेको सडक कालोपत्रेको आज शुक्रबार प्रतिनिधिसभा सदस्य मानवीर राई, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी र माप्यदूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले शिलान्यास गरेका हुन्। 

सल्लेरी-सिल्गुडीडाँडा-काँकु बासा-ओर्लाङघाट-जुभिङ-खरिखोला-लुक्ला-खुम्बु सडक अन्तर्गत पहिलो चरणमा करिब १५ किलोमिटर सडक कालोपत्रे हुने जनाइएको छ। जसअन्तर्गत करिब ६ किलोमिटर सडक सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने र बाँकी ९ किलोमिटर सडक माप्यदूधकोशी गाउँपालिका क्षेत्रमा पर्ने आयोजनाले जनाएको छ। 

शिलान्यास कार्यक्रममा बोल्दै सोलुखुम्बु प्रतिनिधिसभा सदस्य मानबीर राईले जिल्ला सदरमुकामबाट सुरु भएको खुम्बु जोड्ने सडक कालोपत्रेले पर्यटनको क्षेत्रमा ठुलो महत्व राख्ने दाबी गरे। यस चरणमा १५ किलोमिटर मात्रै कालोपत्रे हुने भएकाले उक्त सडकलाई चाँडो खुम्बुको चौरीखर्कसम्म विस्तार गरी कालोपत्रे गरिनुपर्नेमा उनले जोड दिए। 

प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले विकासमा राजनीति घातक हुने दाबी गरे। विकास र राजनीति दुवै जनताका लागि गरिने भएकाले विकासमा सबैको सहयोग र सहकार्य आजको आवश्यकता भएको उनले बताए। 

माप्यदूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सगरमाथा क्षेत्र जोड्ने लाइफलाइन सडकको कालोपत्रेले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। विकासका लागि सबै स्थानीय सरकारसँग समन्वय गर्न माप्यदूधकोशी गाउँपालिका तयार रहेकाले जनतामुखी विकास भएको खण्डमा मात्रै समृद्धि हासिल गर्न सकिने भएकाले यसमा जिल्लाका सबै स्थानीय सरकार प्रमुखहरू एकजुट हुन आह्वान गरे। 

उक्त सडक कालोपत्रेको ठेक्का चम्पेश्वर-पिएम निर्माण जेभी ललितपुरले पाएको छ। बहुवर्षीय आयोजना अन्तर्गत पर्ने सो कार्यका लागि निर्माण कम्पनीले २०८३ असार २७ गतेसम्मको समय अवधि पाएको छ। 

तर पहिलो चरणको काम अन्तर्गत १५ किलोमिटर सडकमा सडक चौडा, वाल, नाली निर्माण, ठाउँ ठाउँमा ह्युम पाइप राख्नेसहित कालोपत्रे गर्ने कार्य एक वर्षभित्र सकिने निर्माण कम्पनीले जनाएको छ। सोही सडक केही दिनअघि सोलुदूधकुण्ड नगरपालिकाले छुट्टै शिलान्यास गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.