ओलीको व्यङ्गय : जे छोयो त्यो सुनै सुन, स्वर्ण युग आयो भन्दैछ सरकार

ओलीको व्यङ्गय : जे छोयो त्यो सुनै सुन, स्वर्ण युग आयो भन्दैछ सरकार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जे छोयो त्यो सुन हुँदा सरकारलाई स्वर्ण युग नै आएको भन्दै व्यङ्ग्य गरेका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले ब्रेक सु, भेप, सिग्रेटमा सुन आउन थालेकाले सरकारले स्वर्ण युग आयो भनेर भन्न थालेको बताएका हुन्।

‘सुन त यहाँ त ब्रेक सुमा सुनै सुन, भेपमा सुनै सुन,सिग्रेट खान खोज्यो सुनै सुन, पानी चलाउने मोटर ल्यायो त्यसमा सुनै सुन, जे छोयो त्यो सुनै सुन, स्वर्ण युग आयो भन्दैछ सरकार।’ओलीले थपे,‘यति सुन आएको छ स्वर्ण युग नआए कहिले आउँछ त भन्दैछ सरकार । तपाईंहरु भन्दै हुनुहुन्छ सरकारको विरोध गरेजस्तो हुँदैन त्यसोभन्दा, स्वर्ण युग नै आएको छ नी !’

उनले केरुङ भन्सारबाट आउने ट्रकमा पनि सुन बोकिने भन्दै व्यङ्ग्य गरे। उनले तस्करी काण्डहरु चलाएर देश विकास नहुने बताए। ‘देशलाई सफल बनाउने हो भने तस्करी काण्डहरु चलेका छन्। यस्ता तस्करी काण्डहरु चलाउनु हुँदैन। म काण्डहरु चलेका भनि राखेको छैन, चलाएको भनिराखेको छु। यस्ता काण्ड चलाउनु हुँदैन। काण्डहरु चलाएर देश विकास हुँदैन।’उनले भने,‘चील आयो चील आयो भन्ने तर कुखुरा एकातिर बोकेर हिँड्ने।’


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.