नेपालमा नर्सिङ कलेजहरु बन्द हुँदा बोर्डरमा नर्सिङ क्याम्पस खुले : ओली

नेपालमा नर्सिङ कलेजहरु बन्द हुँदा बोर्डरमा नर्सिङ क्याम्पस खुले : ओली

ओलीले भने, ‘देशका विकृति, विसंगति रोक्न सक्छौं, रोक्नुपर्छ। हाम्रो देश हामीले बनाउन सक्छौं, बनाउनुपर्छ, अरु कसैले बनाउँदैन।’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नर्सिङ कलेजहरु बन्द हुँदा बोर्डरमा नर्सिङ क्याम्पस खुलेको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले एजेन्टहरुले सरकारलाई फनफन घुमाएको दाबी गरेका हुन्। 

‘देशका विकृति, विसंगति रोक्न सक्छौं, रोक्नुपर्छ। हाम्रो देश हामीले बनाउन सक्छौं, बनाउनुपर्छ, अरु कसैले बनाउँदैन।’ओलीले भने,‘हाम्रो शिक्षा, यहाँका नर्सिङ कलेजहरु सबै बन्द गरिदिने ! बोर्डरमा १७० वटा नर्सिङ क्याम्पसहरु खुलेका छन्। यहाँका एजेन्टहरुले १ जना विद्यार्थी त्यहाँ भर्ना हुँदाखेरि ५० हजार बैंक खातामा उताबाट आउँछ। एजेन्टहरु यहाँ छन्। एजेन्टहरुले फनफन घुमाएको छ। अनि शिक्षा सुधारौं भनेर शिक्षकहरु एक दिन सडकमा निस्किए भनेर हल्ला हुन्छ रे, बर्बाद भो केटाकेटी पढाई भनेर अनि।’

null

उनले तस्करी काण्डहरु चलाएर देश विकास नहुने बताए। उनले भने, ‘चील आयो चील आयो भन्ने तर कुखुरा एकातिर बोकेर हिँड्ने।’

उनले देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ हुनु नहुने बताए। देशको नाजुक अवस्थामा पुगेकाले हरेक नेपाली परिवर्तन ल्याउन लाग्नुपर्ने ओलीको भनाई छ। पूर्वप्रधानमन्त्री ओलीले सुख प्राप्त गर्न समृद्धि र न्याय चाहिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.