आगलागीमा ४ करोड बढीको क्षति, पीडितलाई तत्काल राहत पुर्‍याउन आग्रह

आगलागीमा ४ करोड बढीको क्षति, पीडितलाई तत्काल राहत पुर्‍याउन आग्रह

मुगु  : जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भएको आगलागीमा ४ करोडभन्दा बढीको भौतिक संरचना र धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान जिल्ला विपद् समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले आगलागीमा ४ करोडभन्दा बढीको भौतिक क्षति भएको बताए। 

आगलागीमा जलेका घरहरूका घरधनी, बहाल तथा भिन्न व्यवसाय गर्दै आएका व्यवसायीको  सामान, भौतिक संरचनाको सूचना र बजार मूल्यको विश्लेषण गरेर अनुमानित क्षति निकालिएको प्रहरीले जानकारी दिएको हो।

बैठकमा नेपाल रेडक्रस मुगु शाखाको तथ्यांकअनुसार आगलागीबाट २८ परिवारका ९५ जना परिवार प्रभावित भएका छन्। यस्तै आगलागीबाट ८ घर पूर्ण र ३ घर आंशिक क्षति भएको उल्लेख छ। आगलागीबाट क्षति भएका घरहरूमा विभिन्न व्यवसाय गर्दै आएका ९ जना व्यवसायीका पसल र घरभाडामा बस्दै आएका ११ जनाको सामान तथा लत्ता कपडा जलेको रेडक्रसले जनाएको छ।  

आगलागीबाट प्रभावित परिवारमध्ये ४७ जना बालबालिका र ४८ जना अन्य उमेर समूहका रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सहभागी विभिन्न गैरसरकारी संघ संस्था तथा सरकारी कार्यालयहरूले आगलागीबाट प्रभावित परिवारहरूलाई आर्थिक तथा जिन्सी राहत सामग्री सहयोग गर्ने बताएका थिए। 
 
पीडित परिवारलाई आइतबार हिरिसडेक नेपालले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री, छायाँ नेपालले खाद्यान्न, यूएमएन कलष्टरले आगलागी भएका घरधनीलाई मात्र ३ लाख बराबरको सहयोग, कर्णाली सामुदायिक विकास केन्द्रले २ लाख बराबरको सहयोग र हिरिण्डेकले ५० हजार बराबरको सहयोग गर्ने समितिलाई बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.