'सिलिङ 'उडान नहुँदा विद्युत सामग्री फाप्लुमै थन्कियो, सिजनमै लोडसेडिङको मारमा लुक्ला

'सिलिङ 'उडान नहुँदा विद्युत सामग्री फाप्लुमै थन्कियो, सिजनमै लोडसेडिङको मारमा लुक्ला
तस्बिर : अन्नपूर्ण

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका लुक्ला लोडसेडिङको मारमा परेको छ । पर्यटकीय सिजन सुरु भएपनि लुक्लामा विद्युत नियमित नहुँदा पर्यटकदेखि स्थानीय समेत मर्कामा परेका हुन् । लुक्ला क्षेत्रको करिब ४५० घरधुरीलाई बमखोला लघुजलविद्युत आयोजनाले विद्युत सेवा दिँदै आएको छ ।

तर, करिब ३ महिनाअघि उक्त विद्युतको दुईवटा मेसिनमध्ये एउटामा खराबी आएपछि नयाँ खरिद गरेर फाप्लुमा राखिएको छ । त्यसलगत्तै नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकोप्टरहरूको सिलिङ उठान बन्द गर्दा उक्त विद्युत मेसिन तीन महिनादेखि फाप्लुमै अलपत्र परेको विद्युत उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताए ।

विद्युतका साना सामग्री जहाजमार्फत् लुक्ला पुर्‍याए पनि ठूला तथा धेरै वजन भएका मुख्य मेसिनसहितका उपकरण भने फाप्लुमै रोकिएको छ । जसका कारण लुक्लाले लामो समयदेखि लोडसेडिङको मार खेप्न बाध्य बनेको अध्यक्ष शेर्पाले बताए। 

उनका अनुसार १ हजार २ सय ३० किलोको टरवाइन,३३० किलोको टरवाइन,७६० किलोको जेनेरेटर,१३० किलोको इएलसी बोर्ड, १३० किलोको बेस फ्रेमलगायतका वजनदार सामग्रीहरू फाप्लु एयरपोर्टमै थन्किएका छन् ।

सडक सञ्जाल नपुगेका कारण लुक्ला क्षेत्रमा ढुवानीका लागि हेलिकोप्टरको विकल्प छैन् । तर प्राधिकरणले सिलिङ उडान (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) मै प्रतिबन्ध लगाउँदा खुम्बुबासी मारमा परेको उनको भनाइ छ । सिलिङ उडान अनुमति दिन वडा कार्यालयले सामाग्रीको लिष्टसहित प्राधिकरणलाई पत्र नै काटेपनि सुनुवाई नहुँदा पर्यटकीय नगरी लुक्ला सिजनमा समेत लोडसेडिङको मारमा परेको वडाध्यक्ष समेत रहेको शेर्पाले गुनासो गरे।

प्राधिकरणको उक्त निर्णयले खुम्बुबासीलाई अन्याय भएकाले यस्तै परिस्थिति आए लुक्लामा कुनै पनि उडान भर्न नदिने गरी आफूहरु आन्दोलनमा उत्रने स्थानीय टासी शेर्पाले चेतावनी दिए । नेपाल नागरिक उड्यन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकोप्टरलाई सिलिङ उडानको अनुमति दिने बताएको छ । 

गत असार २६ गते मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकोप्टर उडानमा कडाइ गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकोप्टर मार्फत हुने ढुवानीलाई रोक लगाएको थियो । 

खुम्बु क्षेत्रमा पर्यटक सिजन सुरु भएकाले यतिखेर लुक्लामा विदेशी तथा स्वदेशी पर्यटकको चाप बढिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.