पहिरोमा पुरिएर म्याग्दीमा एकजनाको मृत्यु
![पहिरोमा पुरिएर म्याग्दीमा एकजनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/landslide-2_20200925025120_L1fIguRGVQ_eiqjsl98sW.jpg)
बेनी : बाटोमा हिँडिरहेको अवस्थामा पहिरोले पुरिएर म्याग्दीको मालिका गाउँपालिमा सोमबार एकजनाको ज्यान गएको छ । गोठका गाईवस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका ५० वर्षीय तिर्थबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताए ।
‘बिहान पौने ८ बजेतिर हिँडिरहेको अवस्थामा पहिरो खसेर पुरिएको खबर पाएपछि खोजिमा जुटेका थियौं,’उनले भने, ‘डोजर परिचालन गरेर पहिरोबाट शव निकालिएको छ।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)