लुक्लाको विद्युतीय मेसिन ३ महिनादेखि फाप्लुमा अलपत्र

लुक्लाको विद्युतीय मेसिन ३ महिनादेखि फाप्लुमा अलपत्र

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लाको माइक्रो हाइड्रोपावरको विद्युत सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ। 

नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकोप्टरबाट सामग्री ढुवानीमा रोक लगाएसँगै उक्त सामग्रीहरू ३ महिनादेखि फाप्लु एयरपोर्टमै रोकिएको हो। 

काठमाडौंबाट ल्याइएको विद्युत सामग्रीहरूमध्ये सानो सामानहरू जहाजमार्फत लुक्ला लगिएको छ। हेलिकोप्टरमा सिलिङ गरेर लैजानुपर्ने ठूला वजनका सामग्रीहरू भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताए। 

उनका अनुसार विद्युतको टरवाइन, जेनेरेटर, विद्युत हिटर, ट्रान्सफरमर, कन्ट्रोल प्यानल लगायतका वजनदार सामग्रीहरू फाप्लु एयरपोर्टमै थन्किएका छन्। सामग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाले बताए।

सामग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत आयोजनाको एउटा गृहको विद्युत उत्पादन ठप्प रहेको छ। लुक्ला क्षेत्रका करिब ४५० घरधुरीका लागि सो आयोजनाले २ वटा विद्युतगृहबाट विद्युत उत्पादन गर्दै आएको छ। करिब १६ वर्षअघि स्थापना गरेको विद्युतमा खराबी आएका कारण मुख्य मेसिन नै परिवर्तन गरिएको बताइएको छ। 

मुख्य विद्युत मेसिन बन्द भएपछि लुक्लामा सानो मेसिनबाट उत्पादित विद्युत मात्रै वितरण गरिँदै आएको वडाध्यक्ष समेत रहेका विद्युत उपभोक्ता समिति अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए। जसका कारण लुक्लामा अहिले दैनिक ३ घण्टासम्म लोडसेडिङ हुने गरेको बताइएको छ। 

सडक नपुगेका कारण खुम्बु क्षेत्रमा सामग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता छ। यातायातका साधन पुग्न नसकेको लुक्ला क्षेत्रमा हरेक सामग्री ढुवानीमा हेलिकोप्टर कै भरपर्नु परेको समयमा प्राधिकरणले उडानमा कडाइ गर्दा खुम्बुवासीलाई ठूलो मार परेको स्थानीय टासी शेर्पाले बताए। जसका कारण लुक्लाका नागरिकहरू आक्रोसित रहेको उनको भनाइ छ। 

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकोप्टरलाई सिलिङ उडानको अनुमति दिने बताएको छ। गत असार २६ गते मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकोप्टर उडानमा कडाइ गरेको हो। प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकोप्टरमार्फत हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.