राष्ट्रपतिले आममाफी दिएकोबारे छलफल गर्न रास्वपाले बोलायो संयुक्त बैठक

राष्ट्रपतिले आममाफी दिएकोबारे छलफल गर्न रास्वपाले बोलायो संयुक्त बैठक
फाइल तस्बिर।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बोलाएको छ। बुधबार बेलुका ४ बजे पार्टी केन्द्रीय कार्यालयमा संयुक्त बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। उनका अनुसार संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र पार्टीले दस्तावेज निर्माणका लागि सुझाव संकलनका लागि जिल्लामा गएका केन्द्रीय नेताहरुको रिपोर्टबारे छलफल हुनेछ।

राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा बाँकी जेल सजाय छुट दिएपछि ६७० जना जेलमुक्त भएका थिए। उक्त अवसरमा जन्मकैदको सजाय पाएका व्यक्तिले पनि उन्मुक्ति पाएका थिए ।

रास्वपाले केन्द्रबाट खटाइएका १९ जना नेतालाई बुधबारदेखि आइतबारसम्म बसेर सुझाव संकलन गरेर ल्याउने जिम्मेवारी दिइएको थियो। सांसद र केन्द्रीय सदस्यले ल्याएका सुझावलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समावेश गरिने महामन्त्री ढकालको भनाई छ।

ढकालका अनुसार पार्टी सभापति रवि लामिछानेलाई रोल्पा, उपसभापति डोलप्रसाद अर्याललाई पर्सा, महामन्त्री ढकाललाई कालिकोट, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बैतडी, प्रमुख सचेतक सन्तोष परियारलाई कपिलवस्तु, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कञ्चनपुर, सुमना श्रेष्ठलाई कैलाली, शिशिर खनाललाई रसुवा, डा तोसिमा कार्कीलाई डोटी, डा. स्वर्णीम वाग्लेलाई तनहुँ, मनिष झालाई पर्वत, गणेश पराजुलीलाई ओखलढुंगाको जिम्मेवारी दिएको थियो।

यसैगरी गणेश कार्कीलाई सिन्धुपाल्चोक, रमेश प्रसाईंलाई सुर्खेत, विपीन आचार्य संखुवासभा, हरि ढकाललाई सोलुखुम्बु, शंकर श्रेष्ठलाई इलाम कमल सुवेदीलाई रौतहट, क्रान्तिशिखा धिताललाई खोटाङ पठाउने भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.