सोलुखुम्बुमा भालुको आक्रमणबाट एकको मृत्यु

सोलुखुम्बुमा भालुको आक्रमणबाट एकको मृत्यु
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बुमा भालुको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको महाकुलुङ गाउँपालिका-२ पेल्माङका ५६ वर्षीय जसधन राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार आज मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा राईलाई भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट सख्त घाईते भएका राईको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले बताए।

उनको टाउको, घाँटीसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो। मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक अस्पताल सोताङमा राखिएको छ। यससँगै यस सिजनमा एउटै पालिकामा भालुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि गत भदौ ३० गते महाकुलुङ गाउँपालिका-१ खिरौलेका ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पाको भालुको आक्रमणबाट मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.