११ वर्षीया बालिकालाई करणी गर्ने युवक पक्राउ

११ वर्षीया बालिकालाई करणी गर्ने युवक पक्राउ
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अर्घाखाँचीको मालारानी-९ स्थायी ठेगाना भई हालः सन्धिखर्क नगरपालिका-२ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए। 

चुत्राबेसीको झाडीमा जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले निज युवकलाई पक्राउ गरेको हो। युवकलाई पक्राउ गरी आज मंगलबार करणीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको जिल्लला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए। जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.