पर्यटनमा चाँदीको घेरा

पर्यटनमा चाँदीको घेरा
सुन्नुहोस्

सांस्कृतिक, प्राकृतिक हिसाबले सुन्दर भइकन पनि अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न नसक्नुचाहिँ नेपालको ठूलो कमजोरी हो।

भूकम्प र त्यसपछि कोभिड—१९ को महामारीबाट अर्थतन्त्र थिलोथिलो भयो। त्यसमा पनि सबैभन्दा धेरै मारमा परेको क्षेत्रमध्ये पर्यटन एक हो। आफैंमा संवेदनशील यो क्षेत्र भनेको पाहुना आए चल्छ, नत्र ठप्पै। जोखिम र भयमा यो उद्योग सुनसान हुन्छ। कोभिडले त विश्वभरकै मानिसलाई घरघरमै थुनिएर बस्नुपर्ने बनायो।

घरबाहिर पनि निस्कन नसक्ने अवस्थामा घुमघामको कुरै भएन। सन् २०१९ को डिसेम्बरमा जब कोभिड महामारी सुरु भयो—पर्यटन उद्योग सुनसानै जस्तो भयो। त्यो महामारीको असर अझै बाँकी छ तर विस्तारी मत्थर भएर अब पर्यटन तङ्ग्रिने छाँटकाँट देखिएको छ। धेरै निराशाबीच पर्यटन उद्योगमा छाएको कालो बादलमा चाँदीको घेरा देखिएको छ। त्यो के भने चालू अंग्रेजी वर्ष २०२३ को ८ महिनामा मुलुकमा पर्यटक ६ लाख १ हजारको संख्यामा आएका छन्। वर्ष सकिन बाँकी रहँदै कोभिड अघिको वर्ष २०१९ का जति नै पर्यटक आउनुलाई आगमनमा देखिएको चाँदीको घेरा मान्न सकिन्छ। 

यसबीचमा पर्यटनमा लगानी पनि थपिएको छ। सरकारले पूर्वाधारमा लगानी गरेको छ भने व्यवसायीले होटल, रेस्टुरेन्ट थपेका छन्। वर्षमा ३५ लाख पर्यटकलाई आतिथ्यता दिन सक्ने क्षमता नेपालको पर्यटन उद्योगमा छ भनिन्छ। तर सरकारको लक्ष्य भने यो वर्ष १० लाख पर्यटक भित्र्याउने भन्ने हो। हाला कि मुलुकको राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६/२०२५ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी पर्यटकहरूको भ्रमण गराउने लक्ष्य लिएको छ। अबको चुनौती भनेकै त्यही लक्ष्यअनुसार पर्यटक भित्र्याउनु हो।

नेपाल प्राकृतिक हिसाबमा मात्रै सुन्दर नभई हँसिला नागरिकको देश हो भनेर पर्यटकहरू स्वयंले भन्दै आएका छन्। शान्ति, सुरक्षा पनि नेपालमा खोट लगाउन मिल्ने खालको छैन। पर्यटकलाई चाहिने आतिथ्यता नेपाली समाजको विशेषता नै हो। सांस्कृतिक, प्राकृतिक हिसाबले सुन्दर भइकन पनि अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न नसक्नुचाहिँ नेपालको ठूलो कमजोरी हो। झन् त्यसमाथि युरोपलगायत मुलुकसँग सीधा हवाई सम्पर्क स्थापित गर्न नसक्नु विडम्बना हुँदै आइरहेको छ। हवाई सुरक्षाको चासो सम्बोधन गर्ने र अन्तर्राष्ट्रिय बजारीकरण गर्ने हो भने पर्यटनमा छाएको कालो बादल पूरै फाट्न कुनै आइतबार पर्खनु पर्दैन। मात्रै सरकारले लक्ष्य लिएअनुरूप त्यसलाई भेट्ने योजना र कार्यक्रम चाहिँ गतिलैसँग गर्नुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.