आन्दोलनमा हिंडेका शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते

आन्दोलनमा हिंडेका शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
सुन्नुहोस्

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

सिन्धुली : शिक्षक आन्दोलनमा सहभागी हुन सिन्धुलीबाट काठमाडौं हिंडेका शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना परेको छ । विपी राजमार्ग अन्तरगत सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा ००१ज००६२ नम्बरको इलेक्ट्रोनिक जीप शुक्रबार दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । दुर्घटनामा परी शिक्षक कमलामाई ६ की निर कुमारी चालिसे, कमलामाई ५ की कमला घिमिरे, तिनपाटन १० का राजन कार्की, कमलामाई नगरपालिका ६ का सरोज थापा, कमलामाई १ का मुकुन्द थापा, भुवन थापा, कमलामाई ४ की बविता देवकोटा, बनेपा १० की गार्की बस्नेत, कनपा ६ का विष्णु ढकाल र उनका छोरा निश्चल ढकाल घाइते भएका छन्।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएको दाहालको भनाइ छ। घाइते हुनेमध्ये अधिकांशको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडकको बायाँ साइडको नालीमा खसेको प्रहरीले जनाएको छ । गाडीमा ११ जना सवार थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.