कपिलवस्तुमा रक्त चन्दनसहित ८ जना पक्राउ

कपिलवस्तुमा रक्त चन्दनसहित ८ जना पक्राउ

कपिलवस्तु : प्रहरीले १ करोड ६३ लाख रुपैयाँ बराबरको रक्त चन्दनसहित ८ जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको पिकअप गाडीमा राखेर ल्याइएको रक्त चन्दनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । दुवै गाडीमा ६ क्विन्टल ५३ किलो १ सय ५० ग्राम रक्त चन्दन लोड गरिएको थियो । 

प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका-३ का ट्रक चालक टिकाराम पाण्डे, सहचालक २१ वर्षीय शिव भर र पिक अप गाडीका चालक अर्घाचांची पाणिनी गाउँपालिका-७ पोखे डाँडाका ३३ वर्षीय गोकुल दर्लामी, पिकअपमा सवार अर्घाखांची मालारानी गाउँपालिका -९ का ३८ वर्षीय निमबहादुर नेपाली रहेका छन् । 

यसैगरी कपिलवस्तु शिवराज नगरपालिका-३ मदवाका २९ वर्षीय विकास पौडेल, ३० वर्षीय शतिष पन्त, १९ वर्षीय राम सेवक चौधरी र ३४ वर्षीय दिपक कार्की पक्राउ परेको प्रहरीले जनाएको छ । 

बरामद भएको गाडीसहित सो काठ डिभिजन वन कार्यालय कपिलवस्तु पठाइएको प्रहरी उपरीक्षक पौडेलले बताए । लामो समयपछि कपिलवस्तुमा तस्करी हुँदै गरेको ठूलो परिमाणको रक्त चन्दन काठ बरामद गरेको हो। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.