जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, आकस्मिकबाहेक सबै सेवा ठप्प

जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, आकस्मिकबाहेक सबै सेवा ठप्प
फाइल तस्बिर।

सोलुखुम्बु : सोलुखुम्बुको जिल्ल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ। अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमबार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेको अस्पताल प्रमुख डा. प्रशान्त शाहले जानकारी दिए। 

उनका अनुसार सोमबार दिउँसो करिब ४:३० बजे उपचारका लागि भन्दै मादक पदार्थ सेवन गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्दै अस्पतालमा मेत तोडफोडको प्रयास गरेका थिए ।

मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनामा परी उपचारका लागि आएका ती व्यक्तिले उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अपशब्द प्रयोग गर्दै आक्रमण लागेको अस्पतालले जनाएको छ। उनलाई अस्पतालले सामान्य उपचारपश्चात् प्रहरीको जिम्मा लगाएको अस्पताल प्रमुख डा. शाहले बताए । घटनाको जिल्ला अस्पतालले भत्सर्ना गरेको छ। 

चिकित्सकले सोमबार राति एक विज्ञप्ति जारी गर्दै आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको घोषणा गरेका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ पहिलो संसोधन ऐन २०७९ बमोजिम दोषीलाई कारबाहीको माग गर्दै दोषी कानुनी दायरामा नआएसम्म अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.