आममाफीको विषयमा ‘कानुनको अपव्याख्या भयो’

आममाफीको विषयमा ‘कानुनको अपव्याख्या भयो’
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गलत निर्णय भएको भन्दै त्यसको जवाफ दिनुपर्ने माग गरेका हुन्। आममाफीको विषयमा कानुनको अपव्याख्या भएको बताए। उनले संशोधन र परिमार्जन गरेर कसैले कानुनको अपव्याख्या गर्नुपर्ने पनि बताए। उनले भने, ‘निर्णय गलत भएकाले विरोध भएको छ। अहिले त्यो मुद्दा अदालतमा पनि पुगेको छ। सदनमा पनि कुरा उठेकाले सरकारले सदनमा उभिएर कारण बताउनुपर्छ। सदनको फेस गर्नुपर्छ। निर्णय आफू गरेर भाग्न पाइँदैन। सार्वजनिक प्रश्न उठेपछि जवाफ दिनुपर्छ।’ 

नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद्् बिजनेसविहीन भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै गैरेले बिजनेसबिनाको संसद्् किन बसेको भन्दै प्रश्न गरे। 

उनले भने, ‘यो बिना बिजनेसको संसद्् किन चलिरहेको छ ? न बिजनेस छ न कुनै सन्दर्भ छ ? बिनाबिजनेसको सदन बस्नुको अर्थ छैन।’ उनले पाल्पामा बाँदरको आक्रमणबाट बाख्रा मरेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्को मूल्यवृद्धिको बेलामा सरकारको उपस्थिति नदेखिएको दाबी गरे। बैठकमा बोल्दै उनले देश आर्थिक मन्दीले थलिएर ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक बाहिर आएको बताए। उनले भने, ‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइने चामलको बोरालाई अहिले तीन हजार पर्छ। दाल, चिनीलगायत तरकारीको मूल्य अकासिएको छ। सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने घोषणा गरे पनि आर्थिक वर्ष सुरु भएयता १४ प्रतिशतले मूल्यवृद्धि भइसकेको छ। यतिबेला सबै चिजको मूल्य बढे पनि सरकारप्रतिको भरोसा बढ्न नसकेको स्थिति हो। त्यसैले देखावटी होइन साँच्चै मूल्यवृद्धि नियन्त्रण गर्ने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।’

जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले मधेसमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाएका छन्। मधेसमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरूबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको आरोप लगाए। 

‘मधेसको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो। मधेस आन्दोलनमा दुवै समुदाय मिलेर सँगसँगै रगत बगाएका छन्। तर धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताको एकतालाई तोड्ने काम तीव्र गतिमा भइरहेको छ। यसले मुलुकलाई फाइदा गर्दैन’ उनले भने। मधेसमा मात्र नभई नेपाली समाजमा नै विभाजन र ध्रुवीकरण ल्याउने प्रयासका कारण राष्ट्रिय सुरक्षामा जटिलता देखिएको उनको दाबी छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दूध बिक्रेता किसानले दसैंको मुखमा भुक्तानी नपाएकोमा सरकारको ध्यानाकर्षण गराए। बैठकमा बोल्दै सिंहले दूध खरिद गर्ने कम्पनीहरूले खरिद गरेको दूधको रकम भुक्तानी नगर्दा किसान मारमा परेको जानकारी संसद्लाई गराए। 

‘अहिले यता डीडीसी र प्राइभेट दूध कम्पनीहरूले किसानहरूलाई दूधको रकम भुक्तानी गरेको छैन। डीडीसीले किसानहरूको लागि अहिलेसम्म झन्डै ५० देखि ५५ करोडसम्म दिएको छैन भने प्राइभेट डेरीहरूले २ अर्ब ५० करोडभन्दा बढी रकम भुक्तानी दिएको छैन।’ सिंहले भने दसैं अगाडिसम्म छिटोभन्दा छिटो डीडीसी र निजी दूध कम्पनीहरूबाट किसानलाई दूधको रकम दिलाउने व्यवस्था गर्न माग गर्दै उनले दसैंको बेला किसानको बिचल्ली हुन नदिन आवश्यक कदम उठाउन सरकारलाई आग्रह गरे।

एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्पपीडितका लागि तत्काल राहतको व्यवस्था गर्न संसद्मार्फत सरकारसँग माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.