मोरङमा प्लाई र केमिकल गोदाममा आगलागी, पौने ४ करोडको क्षति

मोरङमा प्लाई र केमिकल गोदाममा आगलागी, पौने ४ करोडको क्षति
सुन्नुहोस्

विराटनगर : मोरङमा प्लाई र केमिकल गोदाममा शनिबार दिउँसो आगलागी भएको छ। आगलागीबाट करिब पौने ४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ। 

बूढीगंगा गाउँपालिका–१ गंगा चोकमा रहेको प्लाई र केमिकल गोदाममा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। गोदाम उद्योगी दिवाकर राठीको हो। डीएसपी दाहालका अनुसार दिउँसो १२:३० बजेतिर गोदाममा अचानक आगलागी भएको थियो। 

आगो नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा ५ वटा दमकलको सहयोगमा दिउँसो ४:५५ बजेतिर नियन्त्रणमा लिइएको थियो। आगलागीबाट प्लाईका ३ वटा गोदाम पूर्ण रूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। आगोले प्लाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ जल्दा ३ करोड रुपैयाँ बराबरको क्षति भएको डीएसपी दाहालले बताए। 

उनका अनुसार आगोले प्लाईमा प्रयोग हुने केमिकल ७५ लाख रुपैयाँ बराबरको नष्ट भएको छ। प्लाईको कच्चा पदार्थ र केमिकल जल्दा ३ करोड ७५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

घटनामा मानवीय क्षति भने हुन पाएन। प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेको छ। घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.