साइकल दुर्घटनामा वृद्धको मृत्यु

साइकल दुर्घटनामा वृद्धको मृत्यु

नुवाकोट : आफैंले चलाएको साइकल दुर्घटना हुँदा नुवाकोटको तुप्चेमा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका-७ साहुगाउँका ६० वर्षीय दक्षमान तामाङ रहेका छन्। 

साहुगाउँमा सोमबार साइकल दुर्घटना हुँदा वृद्धको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। वृद्ध तामाङको घटनास्थलमै ज्यान गएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ। 

उनको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारजनलाई बुझाइएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.