डडेल्धुराको एक पसलमा आगलागी, एकजना घाइते

डडेल्धुराको एक पसलमा आगलागी, एकजना घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै तल्लो खलंगामा गएराती एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। पसल सञ्चालक घाइते भएका छन्। 

अमरगढी नगरपालिका ४ तल्लो खलंगाका कमल गुरुङको मदिरा पसलमा मध्यराती एक्कासि आगलागी हुँदा लाखौंको क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट निस्सासिएर गुरुङ घाइते भएको र उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट उनको शरीरको बाहिरी भाग जलेको छ। हात र खुट्टामा जलन भएको छ। 

उनको अवस्था खतरामुक्त भएको प्रहरीले जनाएको छ। पसलभित्र के कति क्षति भयो भन्ने एकिन जानकारी आइनसकेको र प्रहरी अहिले मुजुल्का उठाउन घटना स्थल पुगेको डडेल्धुराका प्रहरी नायब निरीक्षक करबीर ऐरले जानकारी दिए। पसलका साहु अस्पतालमा भएकाले उनी आएपछि मुजुल्का उठाउने कुरा भइरहेको ऐरले बताए। 

आगलागी हुने बितिक्कै अमरगढी नगरपालिकाको दमकल घटना स्थल पुगेर आगो नियन्त्ररण लिएकोले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान गरी पत्ता लगाइने प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.