साइकलको पछाडि चम्किने स्टिकर टाँस्दै ट्राफिक प्रहरी

साइकलको पछाडि चम्किने स्टिकर टाँस्दै ट्राफिक प्रहरी

कपिलवस्तु : दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले तौलिहवा क्षेत्रमा साइकलको पछाडि स्टिकर टाँस्ने कार्य सुरु गरेको छ। 

तौलिहवाको जमुवार पुल चोकमा आवतजावत गर्ने विद्यार्थी तथा अन्य सर्वसाधारणको साइकलहरूमा चम्कने स्टिकर टाँसेर दुर्घटना न्यूनीकरण अभियानलाई निरन्तरता दिइएको हो। 

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिष भण्डारी, वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्मा, प्रहरी सहायक निरीक्षक मधु श्रेष्ठ लगायतको ट्राफिक प्रहरीको टोलीले साइकल पछाडि चम्कने स्टिकर टाँस्दै दुर्घटना न्यूनीकरणका लागि चम्किने स्टिकरको महत्वका बारेमा जानकारी गराएका थिए। 

सो अवसरमा सडकमा जाँदै गरेका साइकलयात्री विद्यार्थी तथा सर्वसाधारणलाई ट्राफिक प्रहरीहरूले ट्राफिक नियमका बारेमा सम्झाएका थिए। जिल्लाका चन्द्रौटा, कृष्णनगर, गोरुसिँगे, वाणगंगा र पकडी क्षेत्रमा ट्राफिक सचेतनाका अन्य कार्यक्रमहरू यसै गरी निरन्तर रूपमा सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.