धनुषाका ९ क्रसर उद्योगमा शिलबन्दी
काठमाडौं : क्रसर उद्योगमा चोरी-तस्करीका बालुवा, गिट्टी र ढुङ्ग फेला परेपछि धनुषामा ९ वटा क्रसर उद्योगलाई शिल गरिएको छ। मिथिला नगरपालिकामा सञ्चालित क्रसर उद्योगमा नदीबाट अवैधरूपमा उत्खन्न गरेर ल्याइएको नदीजन्य पदार्थ फेला परेपछि शिलबन्दी गरिएको हो। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले पत्र काटेर तीन दिनभित्र जवाफ पेस गर्न निर्देशनसमेत दिएका छन्।
शिलबन्दीमा पर्ने क्रसर उद्योगमा शुभम् बालुवा वासिङ्ग उद्योग, जय शिव भोले बालुवा गिट्टी वासिङ्ग उद्योग, वनदेवी औरही बाबा बालुवा प्रशोधन उद्योग छन्। त्यसैगरी रोहन बालुवा प्रशोधन, औरही बाबा बालुवा प्रशोधन, सुमित क्रसर उद्योग, धनेश्वर क्रसर उद्योग र जय बजरंग बालुवा प्रसोधनमा पनि अवैध नदीजन्य पदार्थ फेला परेपछि शिलबन्दी गरिएको हो।
अवैधरूपमा सञ्चालित ९ वटै क्रसर उद्योगहरूलाई उद्योगमा भण्डारण गरिएको नदीजन्य पदार्थ संकलनको आधार प्रमाण तीन दिनभित्र पेस गर्न अल्टिमेटममा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !