डेंगुबाट हालसम्म २० जनाको मृत्यु, ३८ हजार ५९ संक्रमित

डेंगुबाट हालसम्म २० जनाको मृत्यु, ३८ हजार ५९ संक्रमित
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । 

 मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।

महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँचजना  सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना छन्।

त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना , बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना , गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना , लुम्बिनी प्रदेशमा छ सय ५५ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जनामा  सङ्क्रमण देखिएको छ ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना सङ्क्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना , झापामा तीन हजार पाँच सय ८१ जना, धादिङमा तीन हजार एक सय ३० जना,  मोरङमा दुई हजार दुई सय ७४ जना , कास्की जिल्लामा एक हजार चार सय ८१ जना , र काठमाडौंमा आठ सय दुई जना सङ्क्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जनाडेङ्गुबाट सङ्क्रमित भएको समाचार राससमा उल्लेख छ।

कुल डेङ्गु सङ्क्रमित सङ्ख्यामा अगष्टमा मात्र सङ्क्रमित सङ्ख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११  सम्म चार हजार सात सय ९० जना सङ्क्रमित भएका छन् । 

गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेङ्गु सङ्क्रमण देखिएको थियो । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.