बाटोमा मृत भेटिए एक पुरूष
डडेल्धुरा : डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन्। मृत्यु भएको अवस्थामा फेला पर्नेमा जिल्लाको गन्यापधुरा गाँउपालिका-२ बस्ने अन्दाजी ३८ वर्षीय गणेशबहादुर मल्ल रहेका छन्।
उनी बडाल जाने बाटो आमबारी भन्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन्। मल्ल लडेको अवस्थामा गन्याधुरा जाने बाटोमा मृत्यु भइसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुमबहादुर नायकले जानकारी दिए। उनका अनुसार मृतक मल्लको मुखबाट रगत बगेको थियो।
थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरू कैलालीमा रहेको बताइएको छ। मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।