आगो लगाएर फरार रहेका अनिल ९ महिनापछि पक्राउ
![आगो लगाएर फरार रहेका अनिल ९ महिनापछि पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
गुल्मी : स्थानीयको घरमा आगो लगाइदिएर फरार भएका एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले झण्डै ९ महिनापछि पक्राउ गरेको छ। जिल्लाको रेसुंगा नगरपालिका-४अ र्खलेका २७ वर्षीय अनिल नेपालीलाई बुधबार प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।
नेपाली सोही वडाका प्रेमराज पन्थीको घरमा आगो लगाई फरार भएका थिए। उनलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो। आगलागी मुद्दामा नेपालीलाई गुल्मी जिल्ला अदालतले २०७८ पुस २९ गते र उच्च अदालत तुल्सीपुर बुटवलमा २०७९ माघ १६ गते गरेको इजलासको फैसलाले ११ महिना १३ दिन कैद सजाय तोकिएको थियो।
फरार प्रतिवादी नेपालीलाई प्रहरीले झण्डै नौ महिनापछि पक्राउ गरेको हो। प्रकाउ परेका नेपालीलाई प्रहरीले गुल्मी जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
जिल्ला अदालतको आदेश बमोजिम उनलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय तम्घास गुल्मीमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)