हतियारसहित लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले बौद्धमा गोली चलायो

हतियारसहित लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले बौद्धमा गोली चलायो
सांकेतिक तस्बिर।

काठमाडौं : प्रहरीले हतियारसहित लुटपाट गर्न आउने एक जनामाथि गोली चलाएको छ। बिहीबार दिउँसो बौद्धको जगडोलमा हतियारसहित लुटपाट गर्न आउनेमाथि प्रहरीले गोली प्रहार गरेको हो। प्रहरी स्रोतका अनुसार उनको खुट्टामा गोली लागेको छ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न प्रयास गरेपछि उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनलाई पक्राउ गर्न बौद्ध पुगेको थियो। उनको नाम खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.