चितवनमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
![चितवनमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/current_20210627070004_jiXavhEPmQ_K55vYEDTBS.jpg)
चितवन : जनावरलाई छेक्न जडान गरिएको सौर्य उर्जाको करेन्ट लागेर माडीमा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजे करेन्ट लागि माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षीय विकल्प सुवेदिको मृत्यु भएको हो ।
आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि लगाएको सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागेको चितवन प्रहरी प्रवक्ता डिएसपी विजय पण्डितले बताए ।
करेन्ट लागेपछि अचेत भएको र उपचारको लागि लगिएको बघौडा अस्पताल लगिएको थियो। सोही अस्पतालमा नै उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)