डेंगुविरुद्ध खोप ल्याउने प्रयासमा छौं

डेंगुविरुद्ध खोप ल्याउने प्रयासमा छौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकी।
सुन्नुहोस्

डेंगु विषाणुको संक्रमणबाट हुने रोग हो। क्लासिक डेंगु सामान्य प्रकारको हो। आफैं निको हुन्छ। मृत्युको सम्भावना न्यून हुन्छ। यदि डेंगु हेमोरेजिक ज्वरो वा डेंगु शक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्युको जोखिम हुन्छ। डेंगुको लक्षणको आधारमा उपचार हुन्छ। ज्वरो र दुखाइ नियन्त्रण गर्न प्यारासिटामोल खान सकिन्छ। संक्रमितलाई प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान दिनुपर्छ। छिट्टै उपचार गर्दा लक्षणमा कमी आउनुका साथै रोगका जटिलता कम हुन्छ। र, मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ। डेंगु नियन्त्रणका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम लगायत सबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक पर्छ। 

१.     विकसित मुलुकमा डेंगुविरुद्ध खोप उपलब्ध छ। नेपाल सरकार पनि खोप ल्याउने प्रयासमा छ। खोपले डेंगुको जटिलता ९० प्रतिशतले कम गर्छ। अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ। 

२.    डेंगु फैलाउने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने औषधि पनि छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ ) र सीडिसी अमेरिकाले मान्यता दिएको छ। बायोडेट एम किटनाशक औषधि नेपाल भित्रिएको पनि छ। हरेक १५ दिनमा छर्किन सकिन्छ। 

३.     डेंगुका बारेमा भ्रमहरू पनि रहेका छन्। संक्रमितले अनाबश्यक औषधि, मेवाको पात खाइदिँदा पनि स्वास्थ्य जटिलता देखिने गरेको छ। 

४.     लामखुट्टेले फुल पार्ने ठाउँलाई खोजौ र नष्ट गरौ अभियान सञ्चालन गर्न ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहलाई अनुरोध छ। डेंगुबाट बच्न तथा जोखिम कम गर्न कर्मचारीलाई कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन विशेष अनुरोध छ।

५.    डेंगु सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले, त्यसबाट जोगिनु र लामखुट्टेको निर्मूल गर्र्नुनै रोकथाम हो।

(डा. बुढाथोकी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् )
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.