प्रहरी वरिष्ठ सई पौडेलको हत्या आरोपमा थप एक युवा पक्राउ

प्रहरी वरिष्ठ सई पौडेलको हत्या आरोपमा थप एक युवा पक्राउ
सुन्नुहोस्

बागलुङ : प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले थप एक युवालाई पक्राउ गरेको छ  । प्रहरीले घटनामा संलग्न रहेको भन्दै बिहिबार बडिगाड गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय विशाल सुनारलाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले घटनाको अनुसन्धान गर्दा सुनारको संलग्नता देखिएकोले पक्राउ गरेर बिहिबार जिल्ला अदालत बागलुङमा ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको बताए ।

गत साउन ८ गते (सोमबार) बेलुका ८ बजे बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा खाजा खान गएका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ सई पौडेल राती १ बजे सोही होटलमा मृत्त फेला परेका थिए । खाजा खाने क्रममा पौडेल र होटल संचालक कुँवर आमाछोरा विच विवाद हुँदा पौडेलको टाउँकोमा हात मुक्काले मरणासन्न हुने गरी कुटपिट गरी छातिमा प्रहर गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसेर राती साढे ११ बजेको समयमा हत्या गरेको आरोपमा होटलका संचालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई प्रहरीले साउन ९ गते पक्राउ गरेको थियो । 

हत्यापछि पौडेलको सिक्री चोरी गर्ने कार्यमा संलग्न रहेको देखिएको भन्दै पक्राउ परेका कुँवर आमाछोरालाई जिल्ला अदालत बागलुङले भदौ ६ गते पुर्पक्षका लागि जेल पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले घटनाको अनुसन्धान भइरहेको र हत्या आरोपमा सुनारको संलग्नता देखिएकोले पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको बताए । उनले पौडेलको ज्यान लिने, सिक्री चोरी गर्ने कार्यमा होटल सञ्चालक कुँवर आमाछोरासहित सुनारको समेत संलग्नता खुल्न आएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.