एमालेको समर्थनमा कांग्रेसमा विद्रोही पक्षले पायो मुख्यमन्त्री

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : पाइलटलाई उपचारका लागि काठमाडौं पठाइयो

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : पाइलटलाई उपचारका लागि काठमाडौं पठाइयो

सोलुखुम्बु : सोलुखुम्बुको लबुचेमा हेलिकोप्टर दुर्घटना हुँदा घाइते भएका पाइलटलाई उपचारका लागि काठमाडौं पठाइएको छ। शनिबार लुक्लाबाट पर्यटक लिन लबुचे उडेको मनाङ एयरको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर लबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो।

हेलिकोप्टरमा पाइलट प्रकाश सेढाईलाई फिस्टेल एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए।  

हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पाइलट सेढाई घाइते भएका छन्।

प्रत्यक्षदर्शी मिङमार नुरु शेर्पाका अनुसार शनिबार बिहान अन्दाजी ७:२५ बजे लबुचेको हेलिप्याडमै दुर्घटना भएको हो। ४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.