मुस्ताङमा बोलेरो जीप दुर्घटना हुँदा एक जना घाइते
![मुस्ताङमा बोलेरो जीप दुर्घटना हुँदा एक जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_u1jV6RWpm2_y9pR0gRUsZ.jpg)
जोमसोम : मुक्तिनाथ पुगेर फर्किँदै गरेको एक तीर्थयात्रु सवार बलेरो जीप वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी मोडमा दुर्घटना भएको छ।
मुस्ताङको कागबेनीमा औसी नुहाउन र पितृ उद्धारका लागि श्राद्ध गर्न आएका झापाका चालकसहित ६ जना तीर्थयात्रु सवार ग १ ज ६६५५ नम्बरको बलेर जीप मुक्तिनाथ दर्शन गरी जोमसोमतर्फ फर्किँदै गर्दा शनिबार साँझ साढे ४ बजे कागबेनी मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गर्दा भिरालो सतहको कागबेनी मोडमा ब्रेकफेल हुँदा दुर्घटना भएको प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए। जीप दुर्घटना भए पनि चालक र यात्रु सकुशल छन् भने एक जना सामान्य घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)