दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने

दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतमा दसैं अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। त्यसका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम विजया दशमी र त्यो अवधिमा पर्ने शनिबार दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ।

सर्वोच्च अदालतले सूचना जारी गर्दै दसैं अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ हुने जानकारी गराएको हो। सर्वोच्च प्रशासनका अनुसार घटनास्थपनादेखि कोजागत पूर्णिमाका दिनसम्म अदालत बन्द हुनेछ। 

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि फैसला गर्ने न्यायाधीशहरूको सूची समेतसार्वजनिक गरेको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.