ग्लोबल आइएमई बैंकका ग्राहकलाई दसैंमा डिजिटल कारोबारमा छुटैछुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दसैंमा डिजिटल कारोबारमा छुटैछुट
सुन्नुहोस्

काठमाडौं : ग्लोबल आइएमई बैंकले बडादसैंका अवसरमा 'ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो' भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ। 

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरूले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३०० देखि ५०० रुपैयाँसम्मको नगद फिर्ता हुनेछ। 

यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले योजना अवधिभर कम्तिमा हजार रुपैयाँको ३ वटा कारोबार गरेमा ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५०० रुपैयाँ नगद फिर्ता पाउने छन्। यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात दशमीको दिनसम्म लागू हुनेछ। 

साथै  आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफूलाई आवश्यक सरसमानहरू खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउने छन्। 

यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्तिक ७ गते अर्थात दशमीको दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ। 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.