वीरगन्ज महानगरले सञ्चालनमा ल्यायो जनस्वास्थ्य प्रयोगशाला

वीरगन्ज महानगरले सञ्चालनमा ल्यायो जनस्वास्थ्य प्रयोगशाला
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ। नगरवासीलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण(ल्याब) सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो।

आइतबार प्रयोगशालाको उद्घाटन गर्दै पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले सर्वसुलभ शुल्कमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि प्रयोगशाला बरदान सरह भएको बताए। 

नागरिकले निजी स्वास्थ्य संस्थामा जाँच गर्नु पर्दा महंगो शुल्क तिर्नुका साथै सास्ती खेपिरहेको भन्दै उनले महानगरले सञ्चालनमा ल्याएको जनस्वास्थ्य प्रयोगशाला जनहितकारी रहेको पनि बताए।   

वीरगन्ज महानगरपालिकाले बाहिरका निजी स्वास्थ्य संस्थाको भन्दा निकै सस्तो शुल्कमा स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले वडा नम्बर ३ मालपोत कार्यालय अगाडीको चोकमा ल्याब सञ्चालनमा ल्याएको हो।

ल्याबमा उच्चस्तरीय प्रविधिका परीक्षण मेसिन राखिएको र अहिले विभिन्न ५४ प्रकारका परीक्षण हुने गरी सेवा सुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताए। 

कालाजार, मलेरिया र एचआइभी परीक्षण भने ल्याबमा निःशुल्क गरिने र अन्य परीक्षणका लागि पनि चाँडै आवश्यक प्रविधि जडान गर्ने गरी काम भइरहेको पनि उनले बताए । 

महानगरपालिकाले ३३ लाखको लागतमा हल, शौचालयसहित ४ कोठा भवन निर्माण गरेर  प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको मेयर सिंहले जानकारी दिए। 

उनका अनुसार प्रयोगशालामा सीबीसी १ सय ७५ रुपैयाँ , लिभर फंक्सन टेस्ट २ सय रूपैयाँ र लिपिट प्रोफाइल टेस्ट ३ सय रुपैयाँमा नै परीक्षण गरिने छ। बाहिर निजी प्रयोगशालाहरूले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन्।

सबैखाले परिक्षणमा नगरवासीले बजार मूल्य भन्दा ७५ प्रतिशत सस्तो परीक्षण सेवा प्राप्त गर्न सक्ने महानगर मेयर सिंहले बताए। त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक, मृगौला पीडित, क्यान्सर पीडित, एचआईभी  संक्रमित, सहिद परिवार र मधेस आन्दोलनका घाइते तथा विपन्न परिवारलाई सबैखाले परीक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको पनि मेयर सिंहले बताए । 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले महानगरले सञ्चालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.