स्याङ्जाका ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना
![स्याङ्जाका ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_LfO5A0m3qV_U7rBdPVs6l.jpg)
स्याङ्जा : सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्याङ्जास्थित राजमार्ग छेउछाउका ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने ५ पालिका मध्ये ४ वटामा कक्ष स्थापना भएको हो।
प्रहरी र ट्राफिक प्रहरी स्याङ्जाले सिद्धार्थ राजमार्गका छेउछाउमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो। सिद्धार्थ राजमार्गमा पर्ने फेदिखोला गाउँपालिका, पुतलीबजार, वालिङ र गल्याङ नगरपालिकामा रहनेगरी ती कक्ष स्थापना गरिएका प्रहरी वरिष्ठ निरीक्षक प्रवीण आचार्यले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पुतलीबजार नगरपालिका स्थित ट्राफिक कार्यालय नजिक स्थापित यात्रु सहायता कक्षको उद्घाटन गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)