कोशी प्रदेशसभाको बैठक बोलाइयो, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने संभावना
![कोशी प्रदेशसभाको बैठक बोलाइयो, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने संभावना](https://annapurnapost.prixacdn.net/media/albums/koshi-pradesha-sabha_yCCFQzvP2C_Mdx4d2PkAF.jpg)
विराटनगर : कोशी प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो बैठक आगामी बुधबार (कात्तिक १) गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि असोज २० गते अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।
प्रदेशसभा सचिवालयले सोमबार एक सूचना प्रकाशित गर्दै बुधबार दिनको ११ बजेका लागि बैठक बोलाइएको जनाएको छ । एमालेका ३९ र कांग्रेसका ८ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।
उनले प्रदेशसभाको आगामी बैठकबाटै विश्वासको मत लिनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
३
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)